मगर भाषा नेपालका प्रमुख मातृभाषा मध्ये एक हो । यो भाषा मुख्य रूपमा मगर समुदायले बोल्छन् मगर भाषा नेपालको पहाडी तथा हिमाली क्षेत्रका धेरै जिल्लाहरूमा प्रचलित छ । मगर भाषाका विभिन्न उपभाषाहरू (बोल्ने तरिकाहरू) छन्, जस्तै पूर्वी मगर र पश्चिमी मगर । नेपाल सरकारले मगर भाषालाई नेपालका राष्ट्रिय भाषामध्ये एकको रूपमा मान्यता दिएको छ। मगर भाषामा आफ्नै लोकगीत, लोककथा, संस्कार र सांस्कृतिक परम्पराहरू छन् । मगर समुदायले आफ्नो भाषा र संस्कृतिको संरक्षण तथा विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । विद्यालय तथा सञ्चार माध्यमहरूमा पनि मगर भाषाको प्रयोग बढ्दै गएको छ । मगर भाषा मगर समुदायको पहिचान, संस्कृति र इतिहाससँग गहिरो रूपमा जोडिएको छ ।

0 Comments